मुरारी पौडेल
यस कबिताका पात्रहरू नितान्त काल्पनिक हुन्। कसैको जीबनमा मेल खान गएमा संयोग मात्र हुनेछ, कबिता सुन्ने सुनाउने कसैलाई पनि भरे साँझ घर छिर्नलाई रोक लगाउन पाइने छैन।पहिले जस्तो मायाको गीत नलेखेको धेरै भयो
उनि भन्छिन बूढो भयौ माया पिरिम कता गयो
तारिफ गर्दै गजल रचें, सुनाउने बेला भयो
प्रिये भन्दा पिएँ सुनिन् झगडा पो शुरु भयो।।
तारिफ गर्दै गजल रचें, सुनाउने बेला भयो
प्रिये भन्दा पिएँ सुनिन् झगडा पो शुरु भयो।।
झट्ट जुक्ति निकालेर भाँडा लन्ड्री सबै सकेँ
यसो नजर जुधे पनि नजाने झैँ गर्दै रहेँ
कस्को वाल्मार्ट सबै गएँ, सोचेँ कुरा साम्य भयो
प्याज ल्याउन बिर्सिएछु झगडा पो शुरु भयो।।
बाहिर लान्छु डिनर डेट मा, भन्दै पासो फ्याँकी हेरें
अडिएर टक्क हेरिन् बल्ल लामो शास फेरेँ
कहाँ जाने कुन् फुड खाने आफैँ सोच्नु पर्ने भयो
चाईनिज खाना रोजेको त झगडा पो शुरु भयो।।
भयो नि त आज आफैं पकाएरै खुवाउँछु
जिम्बु झाँनी कालो दालमा खसी मासु पकाउँछु
चट्ट अचार आलु भुटि जब डिनर रेडि भयो
दालमा नूनै हालेनछु झगडा पो शुरु भयो।।
बल बुता ले भ्याएन हो भन्दै गुरु खोजि हिँडे
जस्को ज्ञानले घरजम् भित्र सँधै मुस्कान छाइदिने
चारै गाउँ पाँचै शहर खोजेँ कोहि देखिएन
म झैँ रुन्चे धेरै थिए गुरु कतै भेटिएन ।।
निराश हुँदै घोत्लिएर यत्रतत्र सोचिरहेँ
उनकै बानि गन्दै गर्दा आफ्ना पनि जोड्दै रहेँ
हिसाब किताब उस्तै आए उन्को मेरो खाता भरि
घुर्कयाँई र झर्काईमा माया रैछन सरोबरी।।
कसो कसो बुद्धी फिर्यो, समस्या नै हैन रैछ
तितो मिठो रोदन हाँसो जिन्दगि को लय रैछ
मेरा हेरक प्रयास अनि उनका रोब र दुखेसो मा
घाम पानी झैँ मिल्दै बग्ने स्वच्छ निर्मल प्रिती रैछ।।
यदाकदा मायाका गीत लेख्ने गर्छु ऐल्हे पनि
दालमा नून बेशि हाल्छु कैल्हे यसै जानि जानि
मनका कुरा खोलि यहाँ जोखिम ठुलै मोलेको छु
भरे घर चाँहि छिर्न पाईयोस् शुरुमा नै बोलेको छु।।
***

No comments:
Post a Comment