गोविन्द आचार्य
हाम्रै हिमाल पग्लिएर सागर गहिरिएछपग्लँदानी सगरमाथा अझै अग्लिएछ
विदेशमा श्रम पोखने पसिनाको साथ
पग्ले पनि अग्लिने हो नेपालीको जात ।
पानी जस्तै बन्दै जाने युवा जनको मन
झरना खोला ताल बन्दै डुल्दै रनवन
उन्नतिको इन्द्रेणीलाई यही जुनीमा भेट्ने
सपनाको क्यानभासमा सातै रङ्गले पोत्ने ।
कोही खाडी, कोही पहाड सात समुन्द्र पारि
पाखुरी र पसिनामा सँधै विश्वास गरि
दश नङ्ग्रीको कमाइले अझै पालिएर
मुलुकको ढिकुटीलाई सिंचित गराएको छु ।
घरको छानो चुहिएर गारो भत्किएछ
बलेसी र सिकुवामा झार उम्रिएछ
टारी खेत बाँझै छ रे छैन मेलापात
विवशताले गाँउँ छोड्ने नेपाली को जात ।
सयौँ पुस्ता पूर्वजको विरासतको गाउँ
मेरै सालनाल गाडिएको पवित्र त्यो ठाउँ
चन्दन सरि त्यही माटो सम्झनाको साथ
त्यही माटोको गाथा गाउने नेपाली हो जात ।
फूलोस फलोस मेरै धर्ती बनको गुराँस सरि
समृद्धिका बाला झुलुन मङ्सिर महिना भरि
बिहानीको झुल्के घामले चुमोस् यसको माथ
छातिभरी देश बोक्ने नेपाली हो जात ।
हाम्रै हिमाल पग्लिएर सागर गहिरिएछ
पग्लँदानी सगरमाथा अझै अग्लिएछ ।
****
पग्ले पनि अग्लिने हो नेपालीको जात ।
पानी जस्तै बन्दै जाने युवा जनको मन
झरना खोला ताल बन्दै डुल्दै रनवन
उन्नतिको इन्द्रेणीलाई यही जुनीमा भेट्ने
सपनाको क्यानभासमा सातै रङ्गले पोत्ने ।
कोही खाडी, कोही पहाड सात समुन्द्र पारि
पाखुरी र पसिनामा सँधै विश्वास गरि
दश नङ्ग्रीको कमाइले अझै पालिएर
मुलुकको ढिकुटीलाई सिंचित गराएको छु ।
घरको छानो चुहिएर गारो भत्किएछ
बलेसी र सिकुवामा झार उम्रिएछ
टारी खेत बाँझै छ रे छैन मेलापात
विवशताले गाँउँ छोड्ने नेपाली को जात ।
सयौँ पुस्ता पूर्वजको विरासतको गाउँ
मेरै सालनाल गाडिएको पवित्र त्यो ठाउँ
चन्दन सरि त्यही माटो सम्झनाको साथ
त्यही माटोको गाथा गाउने नेपाली हो जात ।
फूलोस फलोस मेरै धर्ती बनको गुराँस सरि
समृद्धिका बाला झुलुन मङ्सिर महिना भरि
बिहानीको झुल्के घामले चुमोस् यसको माथ
छातिभरी देश बोक्ने नेपाली हो जात ।
हाम्रै हिमाल पग्लिएर सागर गहिरिएछ
पग्लँदानी सगरमाथा अझै अग्लिएछ ।
****
No comments:
Post a Comment