Monday, November 18, 2024

म कसरी फरक मान्छे

 दिनेश अधिकारी 

म जन्मेँ त्यहाँ तिम्रो काखमा
म खेलेँ यहाँ तिम्रो आँगनमा
म हुर्केँ कता तिम्रो छहारीमा
म बढेँ यता तिम्रो मायामा

आमा, म जन्मे देखि बढे सम्म
म रोए देखि हासे सम्म
तिम्रा हात मेरा तिर थिए
तिम्रा लगन मेरा भाग्य तिर थिए

न हावाले देख्यो फरक
न पानी ले रुझायो फरक
न त आगोले नै सेकायो फरक
न घामले ताप्यो फरक
जब म, मसँग आयो
म कसरी फरक मान्छे
जब मैले मलाई पाएँ
म कसरी फरक मान्छे

आमा, फरक गर्ने त कुण्ठित समाज हो
बुहारी लाई छोरी नदेख्ने
ज्वाँई लाई छोरो नदेख्ने
हामीले बनाएको आँखा हो
वा, आमा, हजुर वुवा, काका
अनि साथी सह‌जी ने बनाएको चेतना हो
चेतना र स्पर्श प्रकृति इश्वरले बनाएको सिर्जना हो

म पनि ईश्वर प्रकृ‌ति ले सिर्जिएको फुल
माटो, पानी, घाम, ताप
सँग तिमीले हुर्काएको मान्छे
म कसरी फरक मान्छे

आमा, तिमी कुण्ठित समाज सँग मितेरी नगाँस
यहाँ सभ्य समाज पनि छ
मैले मेरो फरकपनालाई माया गर्नुछ
म म भएको संसार जित्नु छ।

जब तिमी हुन्नौ
जब वावा हुन्नन्
जब काका हुन्नन्
मैले तिम्रो मनलाई
तिम्रो प्यारो हातलाई
खु‌शी दिन नसकेको आभाष गरी
मलाई जिउनु छैन

म मलाई माया गरी
तिमीलाई आदर गर्न मन छ
म मलाई सम्मान गरी
समाजमा योगदन गर्न मन छ

तिम्रा साथ पाए
तिम्रा हात पाए
यस लोकमा फरक महशुस नभई
केही राम्रो गर्न मन छ
अनि, अनेकतामा एकताको विगूल फुक्न मन छ।
                *****

No comments:

Post a Comment