निरञ्जन वाग्ले
केही दिन भयो मेरो छोरा दिक्क छ, दुखी छ र उदास छदिक्क पनि किन नहोस
उस्को प्राणभन्दा पनि प्यारो साइकल
साइकल राख्ने ठामबाट वेपत्ता छउस्को साइकल दामी किमती साइकल होइन
अमेरिका चिनमय हुदैं गैरहेको निसानी वालमार्टमा किनेको
मेड़ इन चाइना लेखेको
साधारण साइकल हो
साधारण भए पनि साइकलसंग
उस्को भावानात्मक सम्बन्ध जोडिएको थियो
मेरो १ महीनाको पेन्सनले पनि पुगेन नाती भन्दै
खुइअ सुस्केरा हाल्दै नेपालबाट आउनु भएको उस्को
हजुरवुवाले किनीदिएको साइकल पो थियो
वालमार्ट ब्राण्ड भएपनि हजुरवुवा र नातीको भावना जोडिएको मूल्यवान साइकल थियो त्यो
विश्वासै गर्न नसकिने
विश्व विघ्यालय नजीक विद्यार्थीहरुको बहुमत रहेको
वस्तीबाट मेरो छोराको साइकल हरायो
सरस्वतीका पूजारीहरु बस्ने ठाउंबाट
लक्क्षमी रूपी साइकल गायब भयो
मेरे छोरो साइकल हराएको भन्दा पनि
हजुरवुवाको चिनो हराएकोमा दुखी छ
स्कुल छुटेपछी झमक्क साझं नपरे सम्मको उस्को
साथी गुमेकेमा दुखी छ
नेपालमा भएको भए
उस्की आमा अलिकती चामल पैसा बोकेर
ज्योतिषकोमा पुगी सक्थिन
चोर कीटानी गर्न नसके पनि
कसलाइ शकांको दायरामा ल्याउने सुत्रहरु जुटाइ सक्थिन
उनी यंहा पनि के म र
उनलाइ त सामुन्ने अपार्टमेन्टमा बस्ने
दिनमा तिनचोटी लुगा फेर्ने नक्कलिको केटा साथी माथी शंक्का छ
२४ धन्टा वावुको साइकललाइ घुरेर हेरीरहन्थ्यो
उनलाइ त्यस जगल्टे माथी शंका छ
विदेशको ठाउं
जे पायो सोच्नु भएन
गर्नु भएन
र
बोल्नु भएन
जे भए पनि साइकल हराएको छ
हजुरवुवाले नातीलाइ दिएको उपहार हराएको छ
***
No comments:
Post a Comment