बाबु आचार्य
विदेश बसेर देश खोजिरहेछौँ
जिब्रोमा हाई हाउ आर यू बसिसकेका
छोराछोरी नातिनातिनाबाट
नेपाली स्वर व्यंजनका भाषा खोजिरहेछौँ
अनेकतामा एकता भएर बाँचेका हामि नेपाली
अहिले शुन्यतामा झरेर बाँचिरहेछौँ
विदेश बसेर देश खोजिरहेछौँ
घर परिवार र आफन्तबाट
सामाजिक आर्थिक सांस्कृतिक नैतिक शिक्षा छोडेर विश्वविद्यालय धाइरहेछौँ
संसारका सबैभन्दा महान देवता बा-आमा छोडेर
मन्दिर मस्जिद धाइरहेछौँ
अचेल हामि विदेश बसेर
विदेश भित्रै देश खोजिरहेछौँ
विश्वको उच्च शिखरबाट कलकल बग्ने पानी
हिमाल पहाड तराईका जडिबुटिबाट बहने हावा
आफ्नो खेतबारीमा उम्रेको स्वच्छ खानेकुरा
सबै सबै त्यागेर हामि अचेल
कृत्रिम हावा, पानी र खानामा रमाइरहेका छौँ
अनि बिदेशमा पनि देशकै स्वाद खोजिरहेछौँ
बुझेर हो या नबुझेर हो हामिले
विदेश बसेर देश खोजिरहेछौँ
विदेश बसेर देश खोजिरहेछौँ
No comments:
Post a Comment